बझाङ- वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।



उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका प्रवन्ध र्निदेशक लवराज जोशीले बताए।
उक्त सामग्री प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण गरिएको थियो।
Views: 155

























