दिपक भट्ट (डडेल्धुरा)- डडेल्धुरा काे भागेश्वर गाउँपालिका ३ बाेगटामा वि .सं. २०४९ असार २३ गते आमा पार्वती देवि भाट र बुबा भोज सिंह भाटका काेख बाट जन्मनु भएका ठाकुर भाट ले प्रा .वि . काे शिक्षा मंग्लेश्वर प्रा.वि. विद्यालय बाट पास गरे , मा.वि. र उ.मा.वि. सरस्वती उच्च मा.वि . बाट उतिर्ण गरेका हुन् ।



बि.एड.काे शिक्षा शिद्वनाथ शिक्षा क्याम्पस महेन्द्रनगर बाट उतिर्ण गरेका भाट मास्टर्सका लागि काठमाण्डौ गए त्यहाकाे त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बाट ( M.ed.english ) २३ बर्षकाे उमेरमै पास आउट गरे पासआउट गरेकै दोस्रो दिन उमावि का् दरवन्दिमा सिन्धुपाल्चोक जिल्लामा नाम निकाल्न सफल भए । २०७६/४/१२ मा बि अंग्रेजी स्थाई दरबन्दीमा सदुरपश्चिम प्रदेश बाट खुल्ला तर्फबाट तेस्रो नम्बर मा नाम निकाल्न सफल भई बैतडी जिल्ला काे बाशुदेब मा बि लिस्किटा मा करिब १ बर्ष सेवा गरेर २०७७ भदाे ३ गते आफै ले अध्ययन गरेकाे बिद्यालय सरस्वती मा बि बाेगटा मा सरुवा भएर आउनु भयाे।
उहाँ २०७७ फागुन ४ गते आफुले पढेकाे विद्यालयमा बिद्यालय प्र.अ. काे जिम्मेवारी ग्रहण गर्नुभयाे । प्र अ काे जिम्मेवारी मा रहेर काम गर्दा चुनाैती र अबसर दुईटै रहेको उहाँ बताउनु हुन्छ। साथै आगामी ५ बर्ष भित्रै बिद्यालय काे भाैतिक शैक्षिक मा परिवर्तन ल्याई साच्चिकै नमुना बनाउने धारणा ब्यक्त गर्नुभयाे।आफुले पढाएका गुरुहरु संग काम गर्न पाउँदा साह्रै खुसि लागेकाे र सहकार्य का साथ अगाडि बड्ने कुरा मा जाेड दिनुभयाे डडेल्धुरामा सात स्थानीय तह रहेका छन् ।
डडेल्धुरामा सबैभन्दा कान्छा उमेरका विद्यालयमा प्र.अ.बनेका ठाकुर २८ बर्षका भएका छन् । उनी डडेल्धुराका कान्छा प्र.अ. हुन् । ठाकुर भाट आफुले भाेगेकाे दुख : लाई सम्झदै भन्नुहुन्छ ” दुख: मा संघर्ष गर्नु नै सफलता हासिल गर्नु हाे ।
हामीले दुख पर्याे भन्दैमा आत्तिनु हुदैन दुखमा संघर्ष गर्ने हा सफलता अवश्य मिल्छ , दुख सिकाई हाे जिवनकाे”। मेराे प्रेरणा मेरा आमाबुबा हुन भन्छन् ठाकुर । ठाकुरकाे लगनसिलता र मेहनत बाट अरुल पनि प्रेरणा लिनु सकिन्छ । उद्वेश्य लिएर हिडने हाे भने सफलता अवश्य मिल्छ हामीले दुखमा आत्तिनु र शुखमा मात्तिनु हुदैन् ।

























