२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

  बैतडीको जयपृथ्वी राजमार्गमा जिप दुर्घटना हुँदा ३ जना घाइते

बैतडी,१७ जेठ ।  बैतडीको जयपृथ्वी राजमार्गमा आज बिहान जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बझाङको केदारस्यु गाउँपालिका ३ का १९ वर्षीय सुनिल खाती, केदारस्यु गाउँपालिका २ का २५ वर्षीय भानुभक्त रावल र जिप चालक वित्थडचिर गाउँपालिका ४ का २३ वर्षीय चन्द्र अधिकारी रहेका छन् ।

घाइतेमध्ये जिप चालक अधिकारीको अवस्था गम्भीर रहेको र अन्य २ जनाको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

घाइतेहरुले खोडपेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।  

धनगढीबाट बझाङ जान लागेको से १ ज ७२६ नम्बरको जिप आज बिहान साढे ५ बजे जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विन्द्रावनमा दुर्घटनामा परेको हो ।  

जिप सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।