२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ : पुर्वसचिव उपाध्याय

भुटान किन बिशिष्ट छ? नेपालका देखिएका जस्ता राजनीतिक महाबिकृति त्यहा नआओस् भनेर भुटानले कसरी आफ्नो व्यवस्था डिजाईन गर्यो? भुटानको राजनीतिक विशेषता जुन विश्वमा अन्यत्र विरलै भेटिन्छ यस्ता छन्-

१. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ ।     

२. ग्रेजुअट नपढेका सांसद हुन पाउदैनन् ।सबै तहमा उच्चसम्म गुणस्तरीय शिक्षा छ।

३. राजाउपर महाअभियोग लगाउने अधिकार संसदलाई छ ।

४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ ।

५. दुई दलीय राज्य व्यवस्था छ ।

६. दल फुटाउन वा परिवर्तन गर्न पाईदैन ।

७. दुरूस्त सशक्त राज्यका संवैधानिक अंग छन् ।

८. विश्वकै दोश्रो सानो संविधान छ ।

९. संविधानमा मुलुकको फरेस्ट कभर ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ ।अहिले ७०% पुगेको छ। कार्बन निगेटिभ देश हो।

१०. एउटा पूरा धारा अध्यात्ममा छ ।

११. एउटा पूरा धारा संस्कृतिमा छ ।

१२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एकमात्र देश हो।

१३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ ।

१४. जनताले नचाहदा नचाहदै पनि राजाले नै जनतालाई सम्झाई बुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश । नेपालमा प्रजातन्त्र पुर्बहाल भएको १९९० को १८ वर्षपछि ।

१५. मन्त्रालय र मन्त्रीको संख्या ११ वटा तोकिएको देश ।

१६. कार्ब न्युट्रल र कूल राष्ट्रिय खुशियाली मुल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको संयन्त्र वनेको मुलुक ।

१७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक ।

१८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संबैधानिक र कानुनी व्यवस्था भएको देश ।

१९. विदेशीहरूको हस्तक्षेपलाई पूरा नियन्त्रण गर्न हरउपाय गरिएको देश ।

२०. प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुने देश ।

२१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने।

२२. सबै नेशनल रिजर्भ पार्कलाई एकआपसमा जोडेर वन्यजन्तु जुनठाउँबाट जता जान मिल्ने वन पूर्वाधार भएको देश।

२३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो बिज्ञताको प्रष्ट धारणा र मत दिने देश ।

२४. सबै शिक्षा र स्वास्थ्य निशुल्क छ ।

२५. प्लाष्टिक र सुर्तिमुक्त छ ।

२६. ग्रीन अर्थतन्त्र छ ।

२७. संसदमा पक्ष विपक्ष दलका अलग्गै बेन्चसीट हुदैन, निर्वाचन क्षेत्र क्रसं बमोजिम सीट रहन्छ ।

२८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ आफूखुशी पैसा बगाएर मतदातालाई जॉडरक्सी मासुभात खुवाउन व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरूपयोग गर्न पाईदैन ।

चन्दा र घूसखोरीबाट निर्वाचन गरेपछि चर्को मूल्यबृद्धि हुनै नपाउने संयन्त्र भएको देश। नेपाल जस्तो हरेक कुरामा तन्नम् भएको देशसंग दर्जनौँ दशकसम्म पनि भुटानको तुलनै हुन नसक्ने भईसकेको छ। हामीलाई त के लाज लाग्छ र गॉणतन्त्रिक बालुवाटार र सितल निवास नग्न स्ट्रिट डान्स गर्छन्, ताली ठोक्दै सित्तैमा हामी मनोरंजन लिन्छौँ।

(लेखक भिम उपाध्याय नेपाल सरकारका पुर्वसचिव हुन्)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।