डडेल्धुरा– सुदुर पहाडकाे केन्द्रमा रहेकाे डडेल्धुरा जिल्लामा सात स्थानिय तह रहेका छन् । पाच गाउँपालिका र दुई नगरपालिका छन् ।



स्थानिय तहकाे चुनावमा भागेश्वर,आलिताल, गन्यापधुरा ,परशुराम मा काङ्ग्रेसले विजयी गरेकाे थियाे भने नवदुर्गा, अजयमेरु ,अमरगढी मा तत्कालिन नेकपा ले विजयी हासिल गरेकाे थियाे ।
शनिबार संघिय सरकारले आगाामी आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट विनियोजन गरेको हो। राजनितीकाे उच्च तहमा रहेका पुर्वप्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाकाे गाउँपालिकामा सबै भन्दा कम बजेट विनियोजन गरकाे छ भने डडेल्धुराकाे हकमा सबैभन्दा बढि परशुराम नगरपालिकामा ( ४० कराेड १७ लाख )विनियोजन गरेकाे छ । कुन स्थानिय तहमा कति बजेट विनियाेजन गरेकाे छ
याे हेराै – परशुराम नगरपालिकाको लागि ४५ करोड १७ लाख अमरगढी नगरपालिकालाई ४० करोड ७४ लाख अजयमेरू गाउँपालिकालाई ३६ करोड ३० लाख, आलिताल गाउँपालिकालाई ३० करोड ६४ लाख नवदुर्गा गाउँपालिकालाई ३० करोड ७८ लाख भागेश्वर गाउँपालिकालाई ३० करोड ९० लाख बजेट विनियोजन गरिएको छ।
गन्यापधुरा गाउँपालिकामा २६ कराेड २८ लाख सरकारले आगाामी आर्थिक बर्ष २०७८/०७९ मा डडेल्धुराका लागि कुल २ अर्ब ४० करोड ८१ लाख बजेट विनियोजन गरेको छ। सरकारले डडेल्धुरामा व्यावसायिक कागती खेती कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा डडेल्धुरामा सिमान्तकृतका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने, डडेल्धुराको अमरगढी स्मार्ट सिटी बनाइने कार्यक्रम समेटिएका छन्। यसरी सरकारले बजेट विनियाेजन गर्दा डडेल्धुरामा कम बजेट आउनुमा आम डडेल्धुराका जनताले चासाे र जिज्ञासाका साथ हेरेका छन् ।

























