२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कैलालीमा ठक्कर दिएर घाईते बनाउने सरकारी गाडीका चालक किन पक्राउ परेनन् ?

धनगढीः कैलालीमा शनिबार दिउँसो बा १ झ ९२५० नम्बरको सरकारी गाडीले एउटा मोटरसाईकललाई ठक्कर दियो।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी घाईते भए। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरिएको थियो।

जयगढी अहिले नेपालगञ्जमै उपचार गराईरहेका छन्। दुर्घटना लगत्तै सरकारी गाडी घटनास्थलमै छोडेर चालक लगायत अन्य सवार भागेका थिए। ईलाका प्रहरी कार्यालय लम्कीचुहाले उक्त गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्यो। मोटरसाईकललाई ठक्कर दिने उक्त गाडी जिल्ला प्रशासन कार्यालय बझाङको रहेको खुलेको थियो।

गाडीमा चालक बाहेक अरु को सवार थिए ? भन्ने कुरा खुलाईएको छैन्। तर उक्त गाडी बझाङका प्रमुख जिल्ला अधिकारीले चढ्दै आएको भन्ने बुझिएको छ। प्रहरीले दुर्घटना भएको तीन दिन बितिसक्दा समेत चालकलाई पक्राउ गरेको छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्ष एकआपसमा सझदारी गरेर गएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले घाईतेको उपचारका लाग्ने खर्च सम्पूर्ण खर्च व्यहोर्ने सहमती भएको बताए। ‘दुवै पक्ष आउनुभएको थियो। उपचारमा लाग्ने खर्च व्यहोर्ने सहमती गरेर जानुभएको हो।’ प्रहरी नायब उपरिक्षक विष्टले भने।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।