२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं : कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए।

‘कोरोना संक्रमण जोखिम अझै कायमै छ,’उनले भने,‘त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भनेर मन्त्रालयमा हिजो सिफारिस गरेका छौँ,मन्त्रालय सिफारिस स्वीकृत गरेपछि अरू थप परीक्षाबारे निर्णय लिएर सार्वजनिक गर्छाैँ,कक्षा-१२ को भने भौतिक उपस्थितिमै हुन्छ।’

उनका अनुसार कक्षा-१२ को तत्काल हुँदैन। परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ। यसका लागि पाठ्यक्रम संशोधन गरिने उनले बताए।

कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोनाका कारण परीक्षा हुन सकेन्।

परीक्षा स्थगित गरेकै दिन शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर  बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो। सोहीअनुरूप कार्यदलले एसईई र कक्षा-१२ को परीक्षाको मोडालिटी प्रतिवेदन गत बिहीबार बोर्डलाई बुझाएको थियो।

 प्राडा पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि,आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गराउनेलगायत सुझाव दिएको थियो। यस वर्षकाे एसइई परीक्षा दिनेमा करिब पाँच लाख विद्यार्थी रहेका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।