२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

हावाबाट पनि तीव्र गतीमा फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा भेटियो

काठमाडौं : हावाबाट पनि तीव्र गतीमा फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा भेटिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

भारत र बेलायतमा फेला परेको कोरोना भाइरसको मिश्रणयुक्त, हावाबाट पनि तीव्र गतीमा फैलिने खालको यो नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले बताएका हुन्।

सन् २०१९ को डिसेम्बरमा कोभिड १९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिनामा यसका परिवर्तित रुपहरु फेला परेका थिए।

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले हालसम्म पुस्टि गरेका चारवटा भेरियन्ट ९भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल०मध्ये बेलायत र भारतीय भेरियन्ट बढी खतरनाक रहेको वैज्ञानिकहरुले बताएका छन्।

बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्ट हावाबाटै फैलिने भएकाले बढी जोखिमपूर्ण रहेको बताइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।