२०८३ आश्विन ११ आईतवार
२०८३ आश्विन ११ आईतवार

भागेश्वरमा स्थानियले गरे सडक जाेडने काम : स्थानिय तह प्रती दुखेसो पाेख्दै !

 डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर गाउँपालिका -३ मल्लागाउँ हुँदै गाउँपालिकाकाे ४ नम्वर वडा गुबाडी-आरकुडा-मेल्टा जाेड्ने अधुरो सडकलाई स्थानीयले आफ्नै लगानीमा जाेड्ने प्रयास गरेका छन्।

वडा नं. ३ मा अवस्थित वसन्त हरियाली सामुदायिक वनकाे केही रकम आर्थिक सहयोगमा उक्त अधुरो सडक जाेड्नु परेकाे सामुदायिक वनका अध्यक्ष केशव सिंह भाटले बताउनु भयाे।

अहिलेसम्म पनि यो सडक निर्माणमा कसैले पनि चासाे नदिएकाे उहाँको गुनासाे रहेको छ। बाध्यताले हामी सबैकाे निर्णय अनुसार नै सामुदायिक वनले उक्त सडकका लागि रकम छुट्टाएर लगानी गरेकाे अध्यक्ष भाटकाे भनाई छ।

वडाका जनप्रतिनिधि समेतले गाउँपालिकाले वडामा दिने बजेट यो सडकका लागि बजेट पार्ने पहल समेत नगरेकाे उहाँले दुखेसो पाेख्नु भयाे।

साथै उहाँले याे सडककाे निर्माणलाई मध्यनजर गर्दा भविष्यमा हाम्रो लागि यो सडक तराई सँग जाेड्न सजिलो हुने र यो जाेड्न सकेमा यहाँका बासिन्दालाई धेरै नै सहज हुने सम्भावना उत्तिकै रहेकाे धरणा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।