२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

नेपाल आज इराकसँग खेल्दै

काठमाडौं- नेपालले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बास्रास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे यो खेल सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी सहित ३६ सदस्सीय टोली बुधबार नै इराक पुगिसकेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ स्थान माथि रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । इराकविरुद्धको खेल नेपालका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको लागि पहिलो खेल हुनेछ । नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ ।

यस अघिका तिनै खेलमा इराकले नेपाललाई हराएको छ । एसियन कप समेत जितिसकेको इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ’सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

यता, समूह ’बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।