२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

धनगढी बसपार्कमा एक पुरुषको हत्या गर्ने ४ किशोर पक्राउ

धनगढी- धनगढीमा कुटपिट गरी हत्या गर्ने ४ जना पक्राउ परेका छन्। आज बिहान १२ः३० बजेको समयमा धनगढी ४ बसपार्क प्रतिक्षालयमा एक जना पुरुष मृत अवस्थामा फेला परेका थिए ।

बसपार्क प्रतिक्षालयमा पुरुषको शव फेला भन्ने जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले टाउकोमा चोटपटक लागेको रगताम्य अवस्थामा पुरुषको शव फेला पारेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान क्रममा सो स्थानमा रहेका सिसिटिभि फुटेजको आधारमा ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १ त्रिबेणी चोकका १८ बर्षिय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्तनगर ३ का १९ बर्षिय प्रबिण ऐर, डोटी पुर्वी चौकी गाउँपालिका ४ का २० बर्षिय अनिल कुवँर र कैलाली घोडाघोडी नगरपालिका १का १८ बर्षिय युवराज शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दै जादाँ निज अपरिचित मृतक राती सुती रहेको समयमा निजको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगी कुटपिट गरी हत्या गरेको हुदाँ उनीहरुलाई खोज तलास गर्दै जादाँ धनगढी उपमहानगरपालीका बसपार्क एरियाबाट पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्यादथप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तर मृतकको अझै पहिचान भने हुन सकेको छैन ।

मृतक वर्ण गँहु गोरो, उचाई ५ फिट ६ ईन्च , बर्ष अन्दाजी २५(२६ को, बायाँ हातको पाखुरामा नागको ट्याटु, माथिल्लो शरिरमा टाटेपाटे कलरको भेष्ट र तल्लो शरिरमा निलो कालो कलरको जिन्स पाईन्ट लगाएको मृतकका आफन्तको पहिचान हुन नसकेको हुदाँ पहिचान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।