२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

जनै पूर्णिमाको दिन खाइने विशेष खान्की क्वाटीको आफनै महत्व

अत्तरिया –हरेक पर्वहरुको आफनो पहिचान आफनो बिशेसता हुन्छ । ति पर्वशहरु मध्ये जनै पूर्णिमा पनि महत्वपुर्ण चाड हो ।

पर्व अनुसार हाम्रो भान्सामा भिन्न भिन्ने खानेकुरा पाक्ने गर्छ । असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी ।

क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउ जस्ता गेडागुडी मिसाइएको हुन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको झोल बनाएर खाने परम्परा छ ।

त्यसैले क्वाटी खानु चार दिनअघि नै यसलाई भिजाएर राख्ने गरिन्छ ।
क्वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ । धार्मिक मान्यता अनुसार नौ थरीका गेडागुडीको मिश्रण गरी, त्यसको टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्वाटी खाने गरिन्छ ।

क्वाटी जनै पूर्णिमाको विशेषता नै हो ।खासगरी वर्षायाममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्वाटीको प्रचलन सुरु भएको मानिन्छ ।

क्वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदहरुको भनार्ए छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ । क्वाटी खाँदा पेट प्राकृतिक रुपले नै सफा , कब्जियतबाट जोगाउँने भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ ।

क्वाटी रेसादार खानाको स्रोत हो ।क्वाटीले मधुमेह, पायल्स जस्ता समस्या भएकाहरुलाई समेत फाइदा गर्ने वताइन्छ । क्वाटीमा भिटामिन ए, भिटामिन वि, भिटामिन सि, भिटामिन इ तथा खनिज पदार्थ पर्याप्त मात्रामा पाइन्छ । यसले रोगी, बालबालिका तथा बृद्धमा हुने कुपोषणबाट समेत बचाउँछ । टुसाएको गेडागुडीमा क्षरीय गुण बढी हुन्छ । त्यसैले क्वाटी खानाले एसिडिटी तथा मूत्रनलिको संक्रमण जस्ता समस्याबाट पनि छुटकारा मिल्छ । यसले पाचन शक्तिमा सुधार ल्याउँछ । गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिने भएकाले यसले शक्ति र सौन्दर्य दुबै दिन्छ । क्वाटी खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।