धनगढी- नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको भन्दै आज २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी भएको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए।



मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । उनीहरु तीनैजना खनाल–नेपाल समूहका हुन् ।
बुधबार बसेको संसदीय दलको बैठकले सरकारको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको थियो । उसले बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णलाई चुनौती दिँदै सरकारमा नै बस्ने निर्णय गरेको थियो ।
Views: 178

























