२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कैलालीका बाढीपीडितको त्रिपालमुनीको वास चाउचाउ र चिउरा खाएर दिन बिताउदै

कैलाली। कैलालीको बिभिन्न क्षेत्र बाढी प्रभावित भएका छन । विशेस गरी कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावितले पाँच दिनदेखि चाउचाउ र चिउराको भरमा गुजारा गरिरहेका छन्।

उनीहरुको मुखमा नियमित अन्न नपरेको पाँच दिन भइसकेको छ। बाढीको पानी पूर्णरुपमा नघटेका कारण प्रभावितहरु सडकमै बस्न बाध्य भएका छन्।

स्थानीय सरकार र केही संघ संस्थाले दिएको बिस्कुट, चाउचाउ तथा पानीको भरमा गुजारा गरिरहेको घरमा भएको अन्नपात बाढीले बगाएको र बाँकी रहेको पनि पानीले भिजेर कुहिँदा छाक टार्नै मुस्किल भएको बाढी बाढी पीडितहरुले बताएका छन्।

बाढीले जिल्लाको विभिन्न स्थानीय तहका ६ हजार ३ सय २० घरपरिवार प्रभावित भएका छन्।प्रभावितमध्ये केही परिवार बाढी घटेपछि आफ्नो घर फर्के पनि अझै अधिकांश परिवार हुलाकी सडकमा त्रिपाल मुनि बसिरहेको भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले बताइन्।

बाढी प्रभावित सबैको उद्धारलाई पहिलो प्राथमितामा राखेकाले सुख्खा खानाबाहेक अन्य ब्यवस्था गर्न नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घरपरिवार बाढीले प्रभावित भएका छन्।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।