कञ्चनपुर – कञ्चनपुर कोरोना महामारीसंग जुध्नको लागि आवस्यक स्वास्थ्य उपकरण तथा सामग्रीको अभावमा रहेको बेला भीमदत्त नगरपालिका मै स्वास्थ्य चौकी निर्माणमा विवाद भए पछि निर्माण कार्य रोकिएको छ ।



यो महामारीमा स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा स्थानइि तहको चरम लापर्वाहीले अहिले भीमदत्त नगरपालिका –१३ बडैपुर मा निर्मित स्वास्थ्य चौकीको भवन बिबाद का कारण अन्योल मा रहेको छ । कुल २७ लाख लागत रहेको उत्तः स्वास्थ्य चौकी भवन श्री शहिद स्मृति मध्यवर्ती सामुदायिक वनमा निर्माण गर्दा स्थानीय सरकारले ध्यान नपुर्याउँदा हाल भवन को काम अन्तिम चरणमा पुगेर रोकिएको हो ।
स्वास्थ्य चौकी भवन निर्माण गर्दा सामुदायिक वन तथा शुक्लाफाँटा राष्टिय निकुञ्जसंग कुनै सहमति नै नगरी काम सुरु गरेको र उक्त काम लाइ सामुदायिक वनले अर्थात् बन बिभाग ले काम रोक्का गरेको किसन सार्की ले बताए ।
यस्तो कोरोना महामारीका बेला देश भरि बिभिन्न ठाउँ ठाउँमा स्वास्थ्य चौकी आधारभूत अस्पताल निमार्ण गरिरहदा यस क्षेत्र मा बन्न लागेको स्वास्थ्य चौकी समेत नबन्नु पालिकाको चरम लापर्वाही रहेको स्थानयिले बताएका छन् ।
यता, वडा अध्यक्ष लालबहादुर शाहीले शुक्लाफाँटा राष्टिय निकुञ्जको बफर जोनले उक्त निर्माण कार्यमा अबरोध सिर्जना गरेको बताए । नजिकै रहेको उत्त क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्दा केही नबोलेको निकुञ्जले स्वास्थ्य चौकी जस्तो संबेदन शिल क्षेत्र निर्माणमा अबरोध पुय्राउनु गैरकानुनी कार्य रहेको उनले बताए । आफुले पटक पटक सम्बन्धित निकायमा यो बिषयमा जानकारी दिएपनि कसैले चासो नदेखाएको उनले गुनासो गरे ।
“मैले आफुले नसकेर नगर प्रमुख सुरेन्द्र बिष्टलाई स्वास्थ्य चौकीको निर्माण गरिदिन बारम्बार भन्ने गरेको छु ।” अध्यक्ष शाहीले भने, “नगर प्रमुखले अब काम अगाडी बढछ भनेको पनि महिनौ बितिसक्दा पनि यो महत्वपुर्ण योजनामा कसैले चाँसो नदेखाएर यो स्वास्थ्य चौकी अलपत्र परेको हो ।”

























