२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

त्रि वि ले शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह

काठमाण्डौ- त्रिभुवन विश्वविद्यालयले सकेसम्म शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह गरेको छ ।

शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषालले सूचना निकालेर वैकल्पिक विधिबाट पढाइ सञ्चालन गरिरहेकाहरुलाई धन्यवाद दिँदै पढाइ रोकिएका क्याम्पसहरुलाई पनि सम्भव भएका विधिबाट शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेको हो । त्रिभुवन विश्‍वविद्यालयले रोकिएका परीक्षाहरु उपयुक्त समयमा गर्ने व्यवस्था गर्ने जनाएको छ ।

निषेधाज्ञा तथा लकडाउनका कारण आवतजावतमा समस्या हुने भएकाले अत्यावश्यक नभइ कार्यालयमा उपस्थित नहुन पनि सबै कर्मचारीहरुलाई त्रिविको आग्रह छ । यस्तै यस वर्ष हिउँदे तथा वर्षे बिदाहरु नपाउने पनि सूचनामा उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।