२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

नयाँ आउने बजेट कोरोना नियन्त्रणका लागि खर्च गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले नयाँ आउने बजेट कोरोना नियन्त्रणका लागि खर्च गर्न माग गरेको छ । विश्वव्यापि फैलिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नेपालमा पनि फैलिरहेको छ ।

कोभिड १९ को पहिलो र दोस्रो चरणको कारणले नेपालमा पनि ठुलो मानवीय क्षति पुगिरहेको अवस्थामा यस्तो अवस्था नियन्त्रण गर्न महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु प्रस्तुत गरेको छ ।

नेपाल सरकारले कोरोना नियन्त्रण गर्न देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दिर्घकालिन तथा भरपर्दो माध्यम भनेको विश्व वजारमा उत्पादित कोरोना खोप आम जनतामाझ पुर्याउनु महासंघको निष्कर्ष रहेको छ ।

कोरोनाको खोप व्यवस्था गर्न नेपाल सरकारले निजि क्षेत्रलाई समेत सहभागीता गरेमा सहज हुनेछ विज्ञप्तिमा भनिएको छ । खोप अभियानमा आम सर्वसाधारण लगायत गरिब र विपन्न बर्गका जनतालाई निशुल्क उपलब्ध गराउन समेत माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको हस्ताक्षर रहेको विज्ञप्तिमा खोप आयात गर्दा हुन सक्ने सम्भावित कालोबजारी, भष्ट्रचार र अनियमितता बारे पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।