काठमाडौं- नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।



मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ६ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् ।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ३२२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा थप १४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ।

























