२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बझाङमा एक जर्किन पानीका लागी एक दिन कुर्नु पर्छ !

बझाङ – मानव जिवनमा पानीको एकदमै अहम भुमिका छ । पानी बिना मानिस बाच्न सक्दैनन । मानव जिवनको अति आवश्यक चिज पानीकै लागी बझाङमा भने एक दिन कुर्नुपर्छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको केदारस्युँ गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नम्बर ७ काँडाचौरका स्थानियहरुले एक जर्किन पानीका लागी एक दिन कुर्नुपर्छ ।

१ सय ५० घरधुरी रहेको काँडाचौरमा खानेपानीको समस्या रहेका कारण परिवारका एक जना सदस्यलाई पानी मात्र बोक्ने जिम्मेवारी दिईएको हुन्छ । गाउँमा खानेपानीको अभाव हुदाँ अन्य पानी बोक्नको लागी एक जनाको ड्युटी खटाउनुपर्ने बाध्यता रहेको स्थानीय न्युमा धामीले बताईन । उनले खानेपानी कै कारण गाउँमा झगडा समेत हुँदै आएको बताईन ।िपरिवारको संख्या वृद्धि भएको र पानीको मुहान सुक्दै गएकाले पानीको समस्या विकराल भएको स्थानीय बताउँछन् । केही वर्ष अगाडी गाउँमा धारा बनाउने भनेर सामान बोकेर गाउँसम्म ल्याएपनि धारा नबनेको स्थानीय दिपेन्द्र भण्डारीले बताए । स्थानीय सरकार आएको ४ वर्ष बितिसक्दा पनि खानेपानीको समेत उचित व्यवस्थापन नभएको भन्दै उनले आक्रोस व्यक्त गरे ।

काँडाचौर मात्र नभएर भामचौरवासीको समस्या पनि उस्तै छ । पानी नभएका कारण कतिपय मानिसहरूले अन्तै बसाइसराई समेत गरेका स्थानीय धनबहादुर धामीले बताए ।

यता केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले प्रदेश र गाउँपालिका दुवै ठाउँबाट रकम छुटाइएको र यो वर्षबाट खानेपानीको सर्वे गरी काम सुरु गर्ने बताए । धेरै गाउँहरूमा खानेपानीको समस्या रहेकाले अन्य नियकायहरुसंग पनि त्यस विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।