२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

गाउँ-गाउँमा कोरोनाको कहर, परीक्षण नहुँदा झनै समस्या

देशभरी फैलिएको कोरोनाको दोस्रो लहरले इलामलाई पनि अछुतो राखेन । त्यसमाथि भारतसँग प्रत्यक्ष सीमा जाेडिएकाे इलाम काेराेनाकाे अत्यन्तै जाेखिममा रहेकाे जिल्ला हाे । अहिले  इलाम सदरमुकाममा मात्र हैन गाउँ-गाउँ सम्म पनि कोरोनाको कहर पुगेको छ ।

इलाममा अहिले सम्म ७१८ जना संक्रमित रहेको जिल्ला प्रसाशनको डाटामा देखिएको छ । संक्रमित मध्ये १७ जनाको मृत्यु समेत भई सकेको छ ।

इलाममा अहिले विभिन्न गाउँमा रुघा खोकी र ज्वरोको विमारीहरु वढेका छन् । कोरोना संघ सम्पूर्ण लक्षण मिल्लने विमारीहरु गाउँमा निर्वादरुपमा हिडडुल गरीरहेका छन् ।

परीक्षण छैन 

कुनै पनि माध्यमबाट कोरोना परीक्षण समेत भएको छैन । इलामको माइजोगमाई गाउँपालिका ४ नामसालिङको घुमाउने, चौकिडाँडा, सीमलीगाउँ गैरीगाउँ लगायतका स्थानीयहरुको घरमा विमारी नभएको काेही छैनन् । एक स्थानीयका अनुसार केही दिन अघि श्रीमान विमारी भए । त्यसपछि श्रीमती कोराेना संग मिल्दो लक्षण देखिएकाे थियाे । यस्ता विमारी गाउँभरी भएको  उनी बताउँछन्।

उनी भन्छन्, ‘कसैले अनुगमन नगर्नु, परीक्षण नगर्नु र स्थानीय स्तरमा सञ्चालनमा रहेका दुग्ध डायरीहरु निर्वाद रुपमा सञ्चालन हुनुले पनि गाउँमा संक्रमण फैलेको
हुन सक्छ ।’

मंगलबार ४५ जनाको परीक्षण गरिएकोमा २५ जनाको कोरोना रिपोट पोजेटीभ आएको थियो । यस्ले पनि सहजै अंकलन गर्न सकिछ किा नामसालिङका गाउँमा कोरोनाको कहर पसिसकेको छ । सचेतताको आवश्यक रहेको छ ।

माइजोगमाई ४ नामसालिङकोमात्र यो अवस्था नभएको जनसंख्याको आधारमा हेर्नेहो भने इलाम नगरपालिका यो भन्दा भयभह रहेको इलामका प्रमुख जिल्ला अधिकारी धुव्र वहादुर खड्का बताउनु हुन्छ 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।