२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

तीन दिनको मौसमी : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ –  बंगालको खाडीबाट आएको यास नामक चक्रवातका कारण धेरै ठाउँको मौसम बदली छ । बागमती प्रदेशका धेरै ठाउँमा भने वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै गएरातीदेखि नै देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो ।

प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली भइरहेको छ । बागमती प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो भने प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । यस्तै बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ। यस्तै राती पनि प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बिहीबार भने देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात वर्षा को सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहने छ।

यस्तै शुक्रबार दिउँसो पनि देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।