दिपेन्द्र बोहरा/ डोटी- कैलालीको मोहन्याल गाउपालिकाले गाउँपालिकाको वडा न ३ मा रहेको सरस्वती माबी फल्ले बिसौनीमा रहेको बिद्यालयलाई आइसियुलेसन सेन्टर निर्माण गर्न लागेको हो ।



गाउपालिकाको कार्यपालिकाको बैठक बसेर २० सैयाको आइसुलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको मोहन्याल गाउँपालिकाले जनाएको छ मोहन्याल गाउपालिकामा दिनप्रतिदिन कोरोना संक्रमण देखिएर भयावह स्थिति भए पछि उक्त निर्णय गरेको गाउपालिकाका उपाध्यक्ष पुजा देबि बुढाले बताएकि छन ।
सामाजिक बिकास संयोजक देबिदत्त उपाध्यायको अध्यक्षतामा भएको आइसुलेसन कक्ष उद्घाटन कार्यक्रममा प्रमुख अथिती सोही गाउपालिकाकी उपाध्यक्ष पुजा देबि बुढा रहनुभएको थियो।
उक्त आइसुलेसनमा २३ थान अक्सिजन सिलिन्डर ,२ थान कन्सन्टेर्टर , ७ प्रकारका औसधि र संक्रमीत र कुरुवालाइ निसुल्क खानाको ब्यबस्था गरिएको स्थानिय रमेश साप्कोटाले जानकारी दिनुभयो ।
साथै दिनमा २ सिप्टमा डाक्टरहरु २/२ जना गरि परिचालन गरिएको समेत उहाले बताउनु भयो। गाउपालिकाको ४० लाख लागतमा स्थापना गरेको आइसियु सेन्टरमा हाल २० वटा बेड रहेको जनाइएको छ र आवश्यक परे पछि थप्दै जाने गाउपालिकाले जनएको छ ।

























