२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

पिपलाडी अस्थायी कोभिड अस्पताललाई ओझाले गरे अक्सिजन सिलिण्डर सहयोग

नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको पिपलाडी स्वास्थ्य चौकीको अस्थायी कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर,मास्क र नेबुलाइजर सहयोग गरेका छन् ।

उनले ६ ओटा अक्सिजन सिलिण्डर,५०० पिस मास्क र एक थान नेवुलाइजर नेपाली कांग्रेस शुक्लाफाँटा नगरकार्यसमितिका सभापती जय बहादुर विष्टलाई हस्तान्तरण गरेका हुन् ।सामाग्री हस्तान्तरण गर्दै महासमिति सदस्य ओझाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि ग्रसित रहेको बताउँदै अहिलेको यस विषम परिस्थितीमा सम्पूर्णले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

May be an image of one or more people and people standing

साथै उनले यी सामाग्रीले केही हदसम्म भएपनि कोभिड विरामीलाई सहयोग पुग्ने अपेक्षा गरेको उल्लेख गरे ।”थोरै भएपनि विरामीलाई सहयोग पुग्ने अपेक्षा गरेको छु,उनले भने, आगामी दिनहरुमा थप अक्सिजन सिलिण्डर सहयोग गर्ने छु” । यस्तै कांग्रेस महासमिति सदस्य ओझाले शुक्लाफाँटा युथ नेटवर्कले गरिरहेको काम अत्यन्तै सरानीय रहेको बताए । उनले अगाडी थपे, “शुक्लाफाँटा युथ नेटवर्कसंग आफु सदैव सहकार्य गर्न तयार छु” ।

May be an image of one or more people and people standing

यस्तै पिपलाडी स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर विष्टले यो महामारीको समयमा,विषम परिस्थितिको समयमा सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । साथै उनले अहिलेको, महामारी संग जुध्न सवै हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प नभएको बताए । शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पिपलाडीमा अहिले १५ शैय्याको सुविधा सम्पन्न अस्थायी कोभिड अस्पतालले सेवा सञ्चालन गरेको छ । आफुमा कोभिडका लक्षण देखिएमा तत्काल अस्थायी अस्पतालमा आउन सकिने बताइएको छ । सामाग्री हस्तान्तरणमा नेपाली कांग्रेस महासमिति सदस्य लाल बहादुर सिंह,शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रमेश बहादुर ऐर,नगर सचिव देवराज जोशी, धर्मा ऐर विष्ट लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 1 person and standing

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।