२०८३ असार २६ शुक्रबार
२०८३ असार २६ शुक्रबार

कैलालीको अत्तरियामा आकस्मिक एम्बुलेन्सको सेवा दिनको लागि हाईस गाडी प्रयोग

कैलाली- कैलालीको अत्तरियामा आकस्मिक एम्बुलेन्सको सेवा दिनको लागि हाईस गाडी प्रयोगमा ल्याईएको छ । कोरोना महामारीमा बिरामीले एम्बुलेन्स नपाएर ज्यान गुमाउन नपरोस भन्नका लागि हाईस मार्फत एम्बुलेन्स सेवा दिन लागिएको हो ।

कोराना संक्रमित लगायत अन्य बिरामीलाई बोक्न एम्बुलेन्सको अभाव भएका कारण हाईसलाई पनि एम्बुलेन्सका रुपमा प्रयोग गरिएको जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीका संयोजक जगत राम महराले बताए ।

यसअघि जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीले अत्तरियामा दुई वटा अटो मार्फत निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिर्दै आएको छ ।

थप गरिएको हाईस अत्तरिया निवासी दल बहादुर रावलले निःशुल्क रुपमा उपलब्ध गराएको संयोजक महराले बताए ।

कोरोना महामारीमा एम्बुलेन्सको अभावका कारण विरामीहरुले अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिका क्षेत्र भित्रका बिरामीहरुका लागि गरी जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलाली मार्फत एम्बुलेन्स सेवा संचालनमा ल्याईएको हो ।

उक्त अभियानमा हरिप्रिया फाउन्डेसन, नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखा र केएफ फाउण्डेशनको सहकार्य रहेको छ ।

गोदावरी नगरपालिका क्षेत्र भित्रका कोरोना लगायत आकस्मिक बिरामीहरुका लागि उपलब्ध हुने आकस्मिक  एम्बुलेन्स सेवाका लागि  9865765357,  9865630355,  9848616161, 9863402698,  9867054206, 9865664476 ,  9742380101/ 9811619464,  9865909192, 9869911014 ,  9868880809 , 9848590005 नम्बरहरुमा फोन गर्न सकिने जनाईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।