जनक महरा / डडेल्धुरा- पिसिआर परिक्षणमा डडेल्धुरा अस्पतालले शुल्क लिने गरेको भन्दै बोलन्या थली डडेल्धुरा युनिटी तथा खबरदारी मिडियाले संयुक्तले ज्ञापन पत्र जारी गरेको छ । कोरोनाका लक्ष्य देखिएका बिरामीको नि:शुल्क पिसिआर परिक्षण गर्नु पर्ने सरकारले नै परिपत्र गरे पनी डडेल्धुरा अस्पतालले शुल्क लिएको बिरामीले गुनासो गरेका छन् ।



ज्ञापन पत्रमा भनिएको छ ,” विश्व महामारी कोभिड १९ का कारण देस नै समस्यामा रहेको समयमा डडेल्धुरा पनि जोखिममा रहेको छ ।’
‘सरकारले कोरोनाका लक्ष्य देखिएका बिरामीको नि:शुल्क पिसिआर परिक्षण गर्न परिपत्र गरेको भए पनि डडेल्धुरा अस्पतालले शुल्क लिने गरेको गुनासो आएकोले तत्काल यो कार्य बन्द गरी नि:शुल्क पिसिआर परिक्षण गर्न अपिल गर्दछौं ।”
साथै बोलन्या थली डडेल्धुरा युनिटी तथा खबरदारी मिडियाले मानविय लापरवाहीले कोरोना संक्रमण गाँउबस्तीमा समेत फैलिदै गएकाले लक्ष्ण देखिएका बिरामीले तुरुन्त पिसिआर परिक्षण गर्न अनुरोध गरेको छ ।
कोरोना माथी जित हासिल गर्न हामी आफैं सचेत भएर घर भित्रै बस्नु पर्ने तथा अतिआवश्यक काममा बाहिर जानु पर्ने भए स्वास्थ्य सावधानी अपनाउन बोलन्या थली डडेल्धुरा युनिटी संयोजक तथा खबरदारी मिडियाका सम्पादक दिपक राज भट्टले आग्रह गरेका छन् ।


























