२०८३ असार २६ शुक्रबार
२०८३ असार २६ शुक्रबार

बन अतीक्रमण गरी भवन निर्माण भैरहेको भन्ने समाचारको खण्डन गर्दै प्रेस बिज्ञप्ती जारी

कैलाली- कैलालीको अत्तरीयामा रहेको जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्थाले बन अतीक्रमण गरी संस्थाको भवन निर्माण भैरहेको भन्ने बिषयमा फैलिरहेको समाचारको खण्डन गरेको छ ।

सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै संस्थाले बन अतीक्रमण गरी भवन निर्माण गरीएको बिषयमा आएका समाचारहरु प्रती खण्डन गरेको हो ।

संस्थाका सचिव जय बहादुर धामी द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा “प्रदेश सरकार शहरी विकाश तथा भवन निर्माण कार्यालय अन्तर्गत रहि जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्था समिति मार्फत काम हुदा केहि समाजमा राम्रो काम देख्न नसक्ने आफु भए सबै थोक हुने नभए केहि होइन जस्ता ब्यक्तीहरुले रिसले मिडियावाजी वदनियत गराउन निच सोचका साथै बिभीन्न सम्बन्धीत कार्यालयहरुलाइ जोडी सामुदायीक बन, इलाका वन कार्यालय, शहरी विकाश तथा भवन निर्माण कार्यालयका कर्मचारीहरुलाइ धम्काइ काम रोक्न गरीएको मिडियावाजीको घोर भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको छ भनी उल्लेख गरीएको छ” ।

कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी सामुदायीक बनभित्र संस्थाको पक्की संरचना निर्माण थालिए पछि संस्थाले बन अतीक्रमण गरेको बिषयमा समाचारहरु आइरहेका छन् तर उक्त जमिन शान्तिटोल बस्ती सँग जोडिएको समेत सचिव धामीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।