२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

नेपाल-खनाल निकट युवाको नयाँ पार्टी : पार्टीको नाम नेकपा एकीकृत, चुनाव चिह्न कलम

वरिष्ठ नेता माधवकुमार नेपालसँग जोडिएका केही युवाले कलम चिह्न लिएर नयाँ पार्टी दर्ता गरेका छन् । एमालेको अन्तर्विरोध चर्किएर पार्टी फुटको दिशामा अगाडि बढिरहेका वेला नेपालसँग जोडिएका केही युवाले निर्वाचन आयोगमा एक महिना अगावै नयाँ पार्टी दर्ता गरेको खुलासा भएको हो ।

गत ७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम हुने गरी निर्वाचन आयोगमा दर्ता भएको प्रस्तावित पार्टी अध्यक्ष जीवन राईले बताए । करिब दुई दशक अनेरास्ववियुको राजनीतिमा संलग्न राई अघिल्लोपटक वरिष्ठ नेता नेपाल समूहबाट अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । यद्यपि, उनले आफू अहिले पार्टीको कुनै जिम्मेवारीमा नरहेको र नेपालको जानकारीविनै पार्टी दर्ता गरेको दाबी गरे ।

‘पार्टी दर्ताका लागि पाँच सयको हस्ताक्षरसहित निवेदन दिएको ३३ दिन भएको छ, ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा हुने भएकाले प्रमाणपत्र लिन बाँकी छ,’ राईले आइतबार साँझ नयाँ पत्रिकासँग भने, ‘तर, हामीले कुनै नेताको योजना र निर्देशनमा होइन, स्वतन्त्र हिसाबले साथीहरूसँगको परामर्शमा दर्ता गरेका हौँ ।’

राईको प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । उपाध्यक्षमा कास्कीकी कल्पना गुरुङ, महासचिवमा काभ्रेका विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाल छन् । राई भने संखुवासभाका हुन् ।

राईसहितले सुरुमा नेकपा एकीकृत एमाले र चुनाव चिह्न सूर्यभित्र तारा प्रस्ताव गरेका थिए । तर, आयोगले ठाडै अस्वीकार गरेपछि दियो, मैनबत्ती, मोबाइल चुनाव चिह्न लिन खोजेका थिए । ती सबै चिह्न अरूसँग जुधेपछि अन्तिममा कलम चिह्न रोजिएको राईले बताए । गत ६ जेठमा राष्ट्रिय सभा निर्वाचनमा नेपाल समूहका तर्फबाट स्वतन्त्र उम्मेदवारका रूपमा विपक्षी गठबन्धनका उम्मेदवार डा। खिमलाल देपकोटा कलम चिह्नबाटै विजयी भएका थिए । तर, देवकोटाले स्वतन्त्र सांसदका रूपमा कलम चिह्न रोज्नु संयोग मात्र रहेको उनीहरूको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्षमा कुनै पनि वेला नेपाल समूह अलग्गिनुपर्ने स्थिति आउन सक्ने भएकाले पूर्वयोजनाअनुरूप नै नेपालनिकट युवाहरूले आयोगमा पार्टी दर्ता गराएका हुन् । ‘कार्यदलका नाममा अलमल्याउँदै जाने र चुनाव आउन थालेपछि दल दर्ता गर्नै नमिल्ने अवस्थामा ओलीका तर्फबाट दलविहीन बनाउने षड्यन्त्र पनि हुन सक्छ भनेरै पार्टी दर्ता गरिएको हो,’ दर्ता प्रक्रियामा संलग्न अर्का एक पदाधिकारीले भने । यसअघि नेकपामा विवाद हुँदा केपी ओलीनिकट युवाहरूले एमाले दर्ता गरेका थिए । नेकपा एकता भंग भएपछि एमाले पुनः ब्युँतिएपछि दर्ता भएको एमाले स्वतः खारेज भएको थियो ।

यस्तो छ नयाँ पार्टीको कार्यसमिति
प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । अध्यक्ष जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

‘दर्ताको ३३ दिन भयो, प्रमाणपत्र आएको छैन’
जीवन राई, पार्टी अध्यक्ष

अध्यक्ष जीवन राईले आइतबार साँझ नयाँ पत्रिकासँग भने, ‘पार्टी दर्ताका लागि पाँच सयको हस्ताक्षरसहित निवेदन दिएको ३३ दिन भएको छ, ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा हुने भएकाले प्रमाणपत्र लिन बाँकी छ । तर, हामीले कुनै नेताको योजना र निर्देशनमा होइन, स्वतन्त्र हिसाबले साथीहरूसँगको परामर्शमा दर्ता गरेका हौँ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।