२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बैतडीको जुलाघाट नाकाबाट फर्किएका ८ प्रतिशतमा नागरिकमा कोरोना संक्रमण पुस्टि

बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको जुलाघाट नाकाबाट फर्किएका ८ प्रतिशतमा नागरिकमा कोरोना संक्रमण पुस्टि भएको छ।

चैत्र १० गतेदेखि आइतबारसम्म १ हजार २ सय जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

गएको चैत १० गतेदेखि सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको थियो। सो डेस्कमार्फत भारतबाट फर्किने प्रत्येक व्यक्तिको कोरोना परीक्षण गर्ने गरिएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले बताए।

उनका अनुसार नाकाबाट फर्केका ८ प्रतिशत नागरिकमा कोरोना देखिएको छ। भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गरेर मात्रै गन्तव्यमा पठाउने गरिएको हेल्थ उनले बताए।

कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने गरिएको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।