धनगढी : नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु छ। समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको हो। यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।
वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थिया।
उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।
Views: 27