२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरको गुलरियामा हेल्प डेस्क सञ्चालनमा

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कोरोना संक्रमितका लागी हेल्प डेक्स सञ्चालनमा ल्याईएको छ ।

The 5000 Volunteer ग्रुपले सञ्चालन गरेको ‘सुरक्षित कृष्णपुर हाम्रो अभियान’ अन्तरगत गुलरियामा हेल्प डेस्क सञ्चालनमा ल्याईएको हो ।

बढ्दै गएको कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै नगरमा रहेका कोरोना संक्रमितलाई आवश्यक पर्ने निशुल्क चिकित्सक परामर्श सेवा सहति अन्य औषधीहरु पनि हेल्प डेस्कमा उपलब्ध गराईने ग्रुपमा सदस्य डाक्टर राजेश बहादुर खड्काले जानकारी दिए ।

उनले हेल्प डेस्कमा निशुल्क परामर्शका साथै अत्यावश्यक औषधी सेवा, निशुल्क एम्बुलेन्स सेवा, मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध रहने उनले बताए ।

उनले हेल्प डेस्कबाट दिईने सेवाले नगरका कोरोना संक्रमितहरुको आत्मबल बलियो बनाउनुका साथै उनिहरुलाई छिटो निको हुनमा मद्दत पु¥याउने बताए ।

उनका अनुसार सञ्चालन गरिएको हेल्प डेस्कले निस्वार्थ रुपमा संक्रमितको उपचारलाई महत्व दिने छ । यसका साथै ग्रुपले सहयोग लिदा र सहयोग उपलब्ध गराउदा सस्तो प्रचार नगरि व्यक्तिगत पहिचान गोप्य राख्ने बताईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।