कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ को हेल्प डेस्कबाट करिब एक हप्तामै २ सय वडाबासीले सेवा लिएका छन् । वडा भित्रका नागरिकलाई सुरक्षित राख्नको लागि यहाँका युवाहरुले जेठ ४ गतेदेखि सञ्चालनमा ल्याईएको उक्त हेल्प डेस्कबाट पुनर्वास नगरपालिका वडा नम्बर १० र ११ का २ सय वडाबासीले सेवा लिएका हुन् ।



अक्सिजन संंकलन तथा ब्यब्स्थापन समिती पुनर्वासले राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङगणमा सञ्चालनमा ल्याईएको हेल्प डेस्कबाट करिब एक हप्तामै २ सयले सेवा लिएको अक्सिजन संकलन तथा ब्यब्स्थापन समितीका सह संयोजक प्रदिप सिंहले बताए।
हेल्पडेस्क बिहान १० बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन भईरहेकोले वडाबासीमा कुनै पनि समस्या देखिए कोभिड–१९ हेल्प डेस्कमा आएर सेवा लिन हेल्प डेस्कका संयोजक यज्ञ खडकाले आग्रह गरे ।
वडामा बस्दै आएका बिरामीलाई निशुल्क स्वास्थ चेक जाँच गरि औषधी समेत बितरण गरिदै आईरहेको र वडामा कोरोनाको अवस्था सामान्य नआँउदा सम्म हेल्पडेस्कलाई निरन्तरता सेवा प्रदान गर्ने अक्सिजन संकलन तथा ब्यबस्थापन समितिका सह संयोजक सिंहले बताए।
यस्तै अक्सिजन सकंलन तथा ब्यब्स्थापन समितीले “समाजका लागि हामी उठौ, मानबताका लागि सबै जुटौ ” भन्ने मुल नाराका साथ अक्सिजन सकंलन तथा ब्यब्स्थापन कार्य समेत गरिरहेको समितीका संयोजक भुपेन्द्र अधिकारिले बताए।

























