कैलाली- सरकारको व्यग्य गर्दै बोलन्या थलीले कैलालीको गोदारीमा आर्यघाट मत पेटीका बुथ अभियान चलाएको छ । संसद विघटनको विरोध थलीले आर्यघाटमै मत पेटीका बुथ अभियान चलाएको हो । देशमा कोरोनाका कारण जनता दिनप्रति दिन ज्यान गुमाईरहेका बेला सरकार भने कुर्सीको पछि लागेको आरोप लागेको छ ।



जनता अक्सिजन नपाएर पार्श्वमा चिता जलिरहेछ तर नेता भने बेमौसमी मध्याबती चुनाबमा लागेकाले सरकारलाई सजिलो होस् भनी चुनाबको बुथ घाट घाटमा राखेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
अहिले बोलन्या थलीले सुदुरपश्चिमका पहाडी जिल्लामा अक्सिजन वितरण समेत गर्दै आएको छ ।बोलन्या थलीले पछिल्लो सयम विभिन्न सामाजिक कार्य तथा अभियान संञ्चालन गर्दै आएको छ ।
Views: 215

























