काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु संसद भवन बानेश्वरमा भेला हुन थालेका छन्।संसद विघटनविरुद्ध दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेपाल पक्षका सांसदहरु बानेश्वरस्थित संघीय संसद भवन परिसरमा भेला हुन थालेका हुन्।



माधव नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १८ जना सांसद संसद भवन पुगेका हुन्। रिटमा हस्ताक्षर गर्नका लागि ३० जना सांसद पुग्ने दाबी गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको दाबी पेस गर्न आह्वान गर्दा नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि एमालेका २७ जना सांसदहरुले हस्ताक्षर गरेका थिए।
Views: 114

























