२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

गाउँ फर्केकाहरुबाट कोरोना सर्ने चिन्ता

काठमाडौँ । कोरोना महामारी तीव्र गतिमा फैलिएपछि नेपालको अधिकांश जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ । सहरको कार्यस्थल धेरै व्यक्तिहरू गाउँघरमै फर्किएका छन् ।

तर उनीहरूले सावधानी नअपनाइँदिँदा गाउँमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङक्रमण भएका तर गाउँ फर्केकाहरू आइसोलेसनमा नबस्ने र सुरक्षाका मापदण्ड पालना नगरी जथाभावी डुल्दा स्थानीयबासी त्रसीत छन् ।

ताप्लेजुङको हिलिहाङ्ग गाउँपालिका १ का रमा वाग्ले आफू जतिसुकै बचेर बसे पनि स्थानीयबासीको चहलपहलका कारण चिन्तित हुनुहुन्छ । जाजरकोटको भेरी नगरपालिकामा २ सयभन्दा बढी सङक्रमित छन् ।

नगरपालिकामा गरिएका परिक्षण मध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारत र नेपालगञ्जबाट फर्किएका व्यक्तिहरूले सुरक्षा सावधानी पूणर् रूपमा नअपनाएका कारण कोरोना फैलिएको रिपोर्ट प्रहरीप्रशासनले पाएको छ ।

नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नीशा थापाले समुदायका नागरिकबाट निषेधाज्ञाको पूणर् पालना नभएको पाइएको बताउनुभयो ।

भारतको विभिन्न स्थान र धनगढीबाट फर्किएका ५ जनामा कोरोना पुष्टि भएपछि डोटीको सायल गाउँपालिकाले भने आइसोलेसनमा बस्नैपर्ने बाध्यात्मक नीति लिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिनुभयो ।

विज्ञहरूका अनुसार कोरोना सङ्क्रमणको लक्षण देखिएको ४८ घण्टा अघिदेखि नै एकबाट अर्को व्यक्तिमा सरीसकेको हुन्छ । त्यसैले पनि जथाभावी डुल्ने, जमघट गर्ने कार्य नेताकार्यकर्तादेखि साधारण व्यक्तिले तत्काल रोक्नुपर्छ ।

सङक्रमण फैलिने नदिन स्थानीय सरकारहरूको भूमिका अझ धेरै हुने जनस्वास्थ विद् सुजन मरहट्टाको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल १ लाखभन्दा धेरै कोरोना सङ्क्रमित होम आइलोसेनमा छन् । सङक्रमण देखिएपछि व्यवस्थापनसँगै, विवाह, ब्रतबन्ध, मृत्यु र पूजाआजाको नाउमा गाउँमा हुने भीडभाडमा स्थानीय सरकारहरूले खासै कडाइ गरेका छैनन् ।

यसबाट पनि सङ्क्रमण र मृत्युदर बढिरहेको विश्लेषण स्वास्थ्य मन्त्रालयको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।