डडेल्धुरा । नेपाली काँग्रेसको सेवादलले डडेल्धुरा अस्पताललाई २५ थान अक्सिजन सहित सिलेण्डर उलब्ध गराएको छ । काँग्रेस डडेल्धुरा सभापती एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले शनिबार सिलेण्डर सहित अक्जिसन डडेल्धुरा अस्पताल विकास समिती समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका छन । अस्पताललाई सेवादलले पहिलो पटक सिलिण्डर सहित अक्सिजन उपलब्ध गराएको हो ।



पार्टी कार्यालयमा किसुन जी बिश्राम स्थालका नाममा आईसोलेसन सञ्चालन गरेको सेवादलले अस्पताललाई अक्सिजन उपलब्ध गराउदै आएको छ । २५ थान सिलिण्डर सहित अक्सिनले कोभिड १९ संक्रमण भएका विरामी उपचारमा सहज हुने छ । अस्पताललमा सिलिण्डर समेत थपिएका छन ।
सिलिण्डरमा नेपालगन्जबाट अक्सिन भरेर नेपाली काँग्रेस अमरगढी नगरपालिका ८ का सभापति तथा वडा अध्यक्ष नर बहादुर साँकिले डडेल्धुरा ल्याएको काँग्रेस डडेल्धुरा कार्यालय सचिव राम बिष्टले बताए ।

























