डडेल्धुरा – गैर सरकारी संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुकले) स्थानिय तहलाई आधारभुत स्वास्थ्य सुरक्षा सामाग्री दिएको छ । कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै रुडुकले स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको हो । रुडुकले यहाँका सात वटै स्थानियतहलाई पिपिई सेट, स्यानिटाईजर र मास्क उपलब्ध गराएको छ ।



सुआहारा दोस्रो चरणको कार्यक्रम अन्तरगत कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको सुरक्षाका लागी आधारभुत स्वास्थ्य सुरक्षा सामाग्री स्थानिय तहलाई उपलब्ध गराएको रुडुकले जनाएको छ ।
सात वटै स्थानिय तहलाई गरि पाँच सय ७७ थान स्यानिटाईजर, २८ हजार बढी सर्जिकल मास्क र ४५ वटा पिपिई सेट शनिबार स्थानिय तहका प्रमुख तथा प्रतिनिधीलाई हस्तान्तरण गरिएको रुडुक डडेल्धुरा कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन ।


















