२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

डडेल्धुरा अस्पताल लाई सिलिन्डर हस्तान्तरण

 डडेल्धुराः गन्यापधुरा राष्ट्रिय साप्ताहिक पत्रिकाले डडेल्धुरा अस्पताललाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। पत्रिकाले ‘सेवा नै धर्म हो’ भन्ने अभियान अन्र्तगत रकम संकलन गरि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्ल मार्फत अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको पत्रिकाका सम्पादक रमेश भण्डारीले बताए। गाउँपालिका अध्यक्ष मल्लले शनिबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई उक्त सिलिण्डर हस्तान्तरण हस्तान्तरण गरेका हुन्।

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको र अक्सिजन अभावले कोभिडका बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले अभियान अन्र्तगत रकम संकलन गरि अक्सिजन सिलिण्डर सहयोग गरेको भण्डारीले बताए। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रिमित बिरामीको उपचारमा समस्या भइरहेको छ।

डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका बिरामी पनि डडेल्धुरा अस्पतालमा आउने भएकोले उपचारमा समस्या भएको अस्पतालले जनाएको छ। याे अभियानमा साथ दिने मनाेज देउवा राजकुमार भट्ट , लगायत सबै लाई धन्यवाद दिन चाहान्छाै भण्डारी ले बताउनु भयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।