२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

बोलन्या थली बाजुराद्धारा जिल्ला अस्पताल र स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर हस्तान्तरण

धनगढी,८ जेठ । बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाटे स्वास्थ्य चौकी बुढीगङ्गा लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। प्राणका लाई ५०० अभियान अन्तरगत नेपालगन्ज बाट अक्सिजन भरेर बोलन्याअ थलीको टिम बाजुरा पुगेको थियो।

कोरोना महामारिको समयमा बाजुरा जिल्लामा अक्सिजनको कमि हुदा बोलन्या थलीको निरन्तरको प्रयास पछि सिलिन्डर ल्यायर टाटे स्वास्थ्य चौकीको लागि बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाह र जिल्ला अस्पताल बाजुराको लागि जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी सन्तोष पन्त लाई बोलन्या थली बाजुराका संयोजक भरत बुढाले हस्तान्तरण गरेका छ्न।

अहिलेको विषम परिस्थितिमा अक्सिजन नपाएर ज्यान गुमाउन नपोरोस भन्ने उद्देश्यले बिलन्या थलीले अक्सिजनको पहल गरेको थियो। अक्सिजनका लागि हाम्रो टिम जझै लागि पर्ने र आआफ्नो ठाउँ बाट प्राणका लागि ५०० अभियान मा साथ दिन बोलन्या थलिले सबैमा अनुरोध गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन माननीय मन्त्री प्रकाश शाहको प्राबिधिक सहयोग , बोलन्या थली केन्द्रिय संयोजक यादव जोशी, डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट लगायत सरोज तमोली, बाजुरा युनिटका संयोजक भरत बुढा लगायत पुर्ण जैसी, रुगम रावलको विशेष पहलमा अक्सिजन उपलब्ध भएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।