२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

माधव नेपालसँग लाग्ने नेताहरुलाई कर्ण थापाको यस्तो चेतावनी

कैलाली,८ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले माधव नेपाल समूहका केही नेताहरूले पार्टी भित्र गम्भीर अपराध गरेको आरोप लगाएका छन् ।पार्टी विरोधी काम गर्ने व्यक्तिहरूलाई विधानको व्यवस्था अनुसार कारबाही गरिने समेत स्पष्ट पारे ।

उनले कस्तो प्रकारको कारबाही गर्ने भन्ने विषयमा पार्टी भित्र छलफल भइरहेको र एमाले एकता जोगाउन पार्टी अध्यक्षले हदै सम्मको लचकता देखाएको बताए ।

पार्टीको तर्फबाट उठाइएको उम्मेदवारको विरुद्धमा भोट हाल्ने, पराजित गर्न भूमिका खेल्ने, आफ्नै पार्टीको विरुद्धमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भन्दै हस्ताक्षर गर्ने सबैलाई साधारण सदस्य समेत नरहने गरी कारबाही हुने उनले बताए ।

माधव समूहका केही नेता पार्टी समाप्त गर्ने अभियानका लागेको थापाको आरोप छ । गल्ती महसुस गर्ने नेताहरूलाई अझै पनि स्थान दिइने उनको भनाई छ ।   

यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने मन्त्रीलाई एमालेले कारबाही गर्ने समेत जनाएको छ । गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । निर्णय भएको २ महिना सम्म पनि प्रदेशमा एमाले र माओवादीले संयुक्त रुपम सरकार चलाइरहेका छन् ।माओवादी केन्द्रले नेतृत्व गरेको सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन् ।

एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छिन् । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।