२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

करेन्ट लागेर दुईजनाको मृत्यु

जनकपुरधाम, ८ जेठ ।  सप्तरी र सर्लाहीमा करेन्ट लागेर एक –एक जनाको मृत्यु भएको छ ।  शुक्रबार राति सप्तरीमा टिभी चलाउने क्रममा र सर्लाहीमा बत्ति जोड्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं. ३ हर्दिया टोल स्थितमा २४ वर्षीया अमृता देवी यादवको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

करेन्ट लागेर घाइते भएपछि उपचारको लागि युनिक अस्पताल रुपनी लैजाने क्रममा बाटोमा यादवको मृत्यु भएको प्रवक्ता काफ्लेले बताए।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १५ पिपराभित्ता सुकुमवासि टोलका परिसर सहनिको १५ वर्षीय छोरा रामुको करेन्ट लागेर मृत्यु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।