२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बन्दाबन्दीको मौका छोपेर बसन्तामा चोरी सिकार

कैलाली,६ जेठ । कैलालीको बसन्ता संरक्षित वनको ‘कोर’ क्षेत्रमा चोरी सिकार बढेको छ । बन्दाबन्दीको मौका छोपेर सिकारीले वन्यजन्तु र चराचुरुङ्गीको सिकार गर्न थालेका हुन । बन्दाबन्दीको क्रममा गाउँ फर्किएका र बेरोजगार व्यक्तिहरु दिनमासमेत वन्यजन्तुको सिकार गर्न बसन्ता वन क्षेत्रमा पस्ने गरेको वन अधिकारीले बताएका छन् ।

खास गरेर ठूलो फाँटा रहेको झारा तालतिर सिकारीहरुले वन्यजन्तुको सिकार गरिरहेको बताइएको छ । अहिले बन्दाबन्दीको क्रममा काठ तस्करीभन्दा पनि वन्यजन्तुको चोरी सिकार ठूलो समस्याको रुपमा देखिएको सव डिभिजन वन कार्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए ।

‘दिउँसै बन्दुक पड्केको आवाज सुनिन्छ’, उनले भने । ‘हाम्रो गस्ती टोली घटनास्थलसम्म पुग्दासम्म सिकारीहरु भागिसकेका हुन्छन् ।’ खराब नियतका मान्छेहरुले बन्दुक, पासो प्रयोग गरेर वन्यजन्तुको सिकार गरिरहेको पण्डितले बताए । यसैगरी, सिकारीहरुले गोहोरो मार्ने र रुखै ढालेर गुँडबाट सुगाको बच्चा निकाल्ने कार्य गरिरहेको उनको भनाइ छ । 

यो वर्ष बसन्ता संरक्षित वन क्षेत्रको अत्यधिक भू–भाग डढेलो सखाप भएको छ । आगलागीले वन क्षेत्र उजाड भएकाले सिकारीलाई वन्यजन्तुको सिकार गर्न सहज भएको बताइएको छ । मान्छेहरुले वन र वन्यजन्तुको महत्व नबुझ्दा बसन्तामा वन्यजन्तु नै सकिन लागेको सहायक वन अधिकृत पण्डितले बताए । ‘अचेल फाट्टफुट्ट रुपमा बँदेलमात्रै देखिन्छन्’, उनले भने । ‘धेरै वन्यजन्तु सिकारीले मारिसके ।’

बसन्ता संरक्षित वन ६९ हजार १.२२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो वनको आवश्यक रेखदेख बसन्ता, उदासीपुर, पचमुडिया र सुखड सव डिभिजन वन कार्यालय गर्दै आएका छन् । सव डिभिजन कार्यालयहरुमा आवश्यक स्रोत साधन तथा जनशक्तिको कमी र क्षेत्र ठूलो भएका कारणले चोरी सिकार नियन्त्रणमा चुनौती थपिएको बताइएको छ ।

सव डिभिजन वन कार्यालयहरुले आ–आफ्नो क्षेत्रमा नियमित गस्ती गर्दै आए पनि वनमाथि भइरहेको अपराध नियन्त्रण गर्नमा चुनौती देखिएको पण्डितले बताए । ‘वन वरिपरि बसोबास गर्ने जनता जागरुक नभएसम्म हामी लागेरमात्रै वन र वन्यजन्तु जोगाउन सकिदैन’, उनले भने ।

‘वन अपराधीलाई चिने पनि स्थानीयले पटक्कै केही बोल्दैनन् ।’ स्थानीयले सहयोग नगरेका कारण अहिले बन्दाबन्दीमा सिकारीहरुको मौज रहेको पण्डितको भनाइ छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।