२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

बिहेपछि झनै अनुहारमा झनै चमक आएको बताउछिन : आँचल शर्मा

नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् ।

आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् ।

आँचल भन्छिन्–‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’
आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ ।

उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।’

नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ ।

अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।’

लकडाउनपछि २ वटा म्यूजिक भिडियोमा काम गरेकी आँचलले गीत छनोट गरेर मात्र भिडियोमा काम गर्ने बताइन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।