अत्तरिया- थ्रि डि.भी.एल. को आपतकालीन मेरो हजार अन्तर्गत आज पनि राहात बितरण कार्यक्रम सम्पन्न भएको छ ।



कोरोनाको अवस्थामा अप्ठ्यारो परेका बेसहारा र अस्पताल सम्म नपुग्न सक्ने र अस्पताल र क्वारेन्टाइनमा बसेका खाना नपाएका अक्सिजन ग्यास किन्न नसक्ने लगायत विभिन्न समस्या बाट बास्तबिक पीडितका लगी खर्च गरिने भनी युबाले आपतकालीन मेरो हजार अभियान सुरु गरिरहेका छन ।

गैरीगंगा नगरपालिका वडा न. ६ मया बनभेडामा एकल महिला तथा बिपन्न करिब १० परिवारलाई खाद्यान्न सहयोग गरेको सस्थांका सचीव एल आर ओझाले जानकारि दिए । कोरोना महामारीको समयमा आफ्नो ज्यानको ख्यालै नगरि यो टिम सामाजिक क्षेत्रमा लागी परेको छ । “थुप्रै कोरोना केस हरुलाई आफ्नै अँखा देखिरहेका छै ।
एक जनाको मात्रै भएपनि ज्यान बचाउने प्रयासमा छै त्यसैले हमिलाइ आफ्नो भन्दा पनि लाखौं सुदुरपश्चिमेलि हरुको ज्यान बचाउनु छ उनि हरुको संयुक्त भनाइ थियो ” कहि दिन अगाडि मात्रै गोदावरी आरेघाटमा पनि सो टिम पुगेको थियो ।

व्यवस्थापन समितिमा कुरा गर्दै दम्कलकको आवश्यकता परेको टिमले जानकारी गराइ सकेपछी नगरपालिका र व्यवस्थापन समितिले आज पुन आरेघाटमा आज गइ सरसफाइ गरेको हो ।
हिजो मात्र थ्री डीभीएल क्रेशनको अगुवाइमा कैलालीको गोदावरी आर्यघाटमा सरसफाई गरिएको हो । कोरोना महामारीले आर्यघाटमा शवको चाप बढेसंगै दुर्गन्धित बनेकले सरसफाई गरिएको क्रेशनका अध्यक्ष दिपक ओझाले बताए।
‘आर्यघाटमा जल्न बाँकी रहेका शवका अवशेष यत्रतत्र छरिएर रहेका थिए’ उनले भने ‘कोरोना महामारीपछि आर्यघाट झनै दुर्घन्धिन बनेपछि हामीले सरसफाई गरेका हौ।’ शवका अवशेषलाई खाल्डोमा गाडीएको छ।

























