२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

एमाले र माओवादी एकीकरण ओलीको गम्भीर निष्कर्षसहितको खुलासा !

काठमाडौं- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन्। मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृत:संकल्पित छौं।’

उनले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै जाने पनि उल्लेख गरेका छन्।साथै ओलीले तीन वर्षअघि एमाले र माओवादी एकीकरण गरिएको सम्झँदै कतिपय नेताका कारण एकीकरण निश्कर्षमा नपुगेको बताएका छन्।

‘तीन वर्षअगाडि आजकै दिन एमाले र माओवादी एकीकरण गरेका थियौं। विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने त्यो हाम्रो इमान्दार प्रयास थियो,’ ओलीले भनेका छन्, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न सकेन।’

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।