२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

डडेल्धुराले निषेधाज्ञालाई थप कडाइ गर्ने , जेठ १५ गतेसम्म लम्ब्याउने निर्णय

डडेल्धुरा-  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको हो ।प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई फेरि ११ दिन लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

प्रशासनले जिल्लामा यो दोस्रो पटक निषेधाज्ञा थपेको हो । यसअघि बैशाख २५ देखि जेठ ४ गतेसम्म निषेधाज्ञा लम्ब्याएको थियो ।विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै ४ देखि जेठ १५ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

लकडाउन थप कडाइ गर्दै खाद्य सामग्रीका पसलहरु अब तीन दिन मात्र खुल्ने भएका छन् । अमरगढी नगरपालिकाको हकमा अब मात्र हातमा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने भएको हो । अन्य पालिकाको हकमा भने बैशाख २४ गते जारी गरिएको आदेश नै लागू हुनेछ ।

त्यसअघि प्रशासनले अमरगढी नगरलगायत अन्य पालिकहरूमा हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न मिल्ने आदेश जारी गरेको थियो ।यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले कडाइ गरेको छ । अमरगढी नगरमा रहेका सबै वित्तीय तथा सहकारी संघसंस्थाहरू अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए।

अब अमरगढी नगरपालिकामा रहेका बैंकहरू सातामा तीन मात्र खुल्ने छन्। आइतबार, मंगलबार र बिहीबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन्। अन्य पालिकाको हकमा भने बैशाख २४ गते जारी गरिएको आदेश लागू हुनेछ ।हाललाई अमरगढी नगरपालिकाभित्र व्यक्तिगत घर निमाणर््य कार्यहरू बन्द गर्ने निर्णय पनि डीसीएमसीले गरेका छ ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन् ।

यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। डडेल्धुरा सोमबारसम्म संक्रिय संक्रमित ४ सय ८८ जना रहेका छन् । सबैभन्दा बढी जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा रहेका छन्। अमरगढी २ सय ८१ रन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।