२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

सामुदायिक वनमा बनाइएका अवैध टहरा हटाइयो

कञ्चनपुर । कोरोनाको सङ्क्रमण उच्चरूपमा  बढ्दै गएका बेला कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक कार्यबाहेक बाह्य क्षेत्रमा हिँडडुलसमेत गर्न बन्द गरिएको छ । निषेधाज्ञाका बेला कृष्णपुर नगरपालिका–२ वाणीस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण शुरु गरिएको छ ।

सकुम्बासीका नाममा सामुदायिक वनमा बाँसका १२ भन्दा बढी टहरा निर्माण गरिएको पाइएपछि सशस्त्र प्रहरी र सामुदायिक वनका पदाधिकारीले भत्काएका छन् । टहरा निर्माण गर्नेलाई त्यस क्षेत्रबाट शनिबार हटाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।  

“अवैधरूपमा सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काएका छौँ”, उनले भने, “टहरा निर्माण गर्नेहरूलाई सम्झाइबुझाई त्यस क्षेत्रबाट भगाइएको छ ।” तीन दिनअघि मात्रै कृष्णपुर–१ स्थित नवदुर्गा महिला सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका १०० भन्दा बढी व्यक्तिलाई सबडिभिजन वन कार्यालय वाणी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामुदायिक वनका उपभोक्ताको सहयोगमा हटाइएको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।