२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

बैतडीमा चरेससहित दुई जना प्रहरीको नियन्त्रणमा

बैतडी,१ जेठ  । बैतडीमा चरेससहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो सुर्नया गाउँपालिका ६ को शंकरपुरबाट सुर्नया ५ को विष्टपालीतर्फ जाँदै गरेको अवस्थामा सुपप्र ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा सवार सुर्नया ५ रौलेश्वरका अन्दाजी ३० वर्षका सुरेश विष्ट र २५ वर्षका प्रकाश विष्टलाई स्थानीय रौलेश्वर प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

उनका अनुसार प्रहरीले जाँचको क्रममा सोधपुछ गर्दा सुरेशले बोकेको झोलामा करिब ७ सय ग्राम चरेस भेटिएको हो । यसबारे थप अनुसंन्धानका लागि इलाका प्रहरी कार्यालय पाटबाट प्रहरी नरीक्षक सहितको टोली घटनास्थलमा गएको प्रहरीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।