जनक महरा/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ ले सामुदायिक वनसंगको सहकार्यमा किसानलाई हातेचेम्फा बितरण गरेको छ ।



वडाको सामुदायिक वन संगको सहकार्य कार्यक्रम अन्र्तगत कृष्णपुर नगरपालिका वडा नं. २ ले आर्थिक बर्ष २०७७÷७८ मा विनियोजित बजेट , सामुदायिक वन तथा किसानहरु संगको सहकार्यमा उपभोक्तालाई हातेचेम्फा बितरण गरेको जनाएको छ ।

वडाले कार्यक्रम अनुसार वडा भित्रका सामुदायिक वनहरुलाई निवेदन पेश गर्न सुचना जारी गरेकोमा तिन समुदायिक वनहरुले निवेदन दिएकाले त्यस अनुसार दिपेन्द्र स्मृती सामुदायीक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई हातेचेम्फा बितरण गरेको कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जय नारायण जोशीले बताए ।
२५ प्रतिशत वडा , २५ प्रतिशत सामुदायीक वन र बाकी किसानहरुबाट संकलन गरेर हातेचेम्फा खरिद गरेको हो । यसै योजना अन्र्तगत अन्य २ सामुदायीक वनका उपभोक्तालाई पनि कृषी उपकरण वितरण गरिने वडा अध्यक्ष जोशीले जनाएका छन् ।

उनले भने,“नेपाल सरकारको एक वडा एक उत्पादन कार्यक्रम अनुसार काम गरेको तथा वडामा रहेका किसानहरुलाई प्रोसाहित गर्न हातेचेम्फा बितरण गरेका हो ।” यसगरी वडामा रहेका बगर खेती गरिरहेका किसानलाई ५० प्रतिशत अनुदान र कृषि उत्पादनमा बढाउन वडाले सक्दो प्रयास गरिरहेको बताएका हुन् ।



























