२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

पुर्व प्रधानाध्यापक भट्ट द्वारा शुक्लाफाँटा युथ नेटवर्कलाई आर्थिक सहयोग

कंचनपुर- कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा संचालित शुक्लाफाँटा युथ नेटवर्कले सहयोग संकलन अभियान संचालनमा ल्याएको छ ! दोस्रो चरण को कोरोना महामारी कोभिड – १९ को कारण सिङ्गो राज्य नै आक्रान्त भएको बेला शुक्लाफाटा युथ नेटवर्क झलारी ले सहयोग संकलन अभियानको थालनी गरेको हो र सहयोग संकलन अभियान अहिले पनि सकृय नै रहेको छ !

सोही क्रममा शनिबार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बसोबास गर्ने र शुक्लाफाटा नगरपालिका वडा नम्बर ६ कसरौल स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष सिद्धराज भट्टज्यु ले आफ्नो एक महिना को हुन आउने पेन्सन बाफतको रकम रू १५ हजार २ सय पाच स-परिवार को तर्फ बाट सहयोग गर्नुभएको छ ।

सहयोग गर्दै भट्टले हामीले सहयोग गरेको सानो सहयोग ले कोभिड १९ का विरामीहरुलाई निःशुल्क रुपमा शुक्लाफाँटा युथ नेटवर्कले प्रदान गर्दै आएको अक्सिजन,औषधी लगायतका सेवा उपलब्ध गराउन ठुलो मद्धत पुग्ने हुदा सहयोग गरिएको शिक्षक भट्टले बताए !

स्थानिय तहमै स्थानिय सरकारले नगरवासी को स्वाथ्यको बारे चासो र सम्बेदनशिल नहुदा शुक्लाफाँटा युथ नेटवर्क का युवा साथीहरू ले नितान्त फरक शैलीमा कोभिड १९ सङ्ग लडिरहेका लाई निशुल्क रुपमा अक्सिजन र औषधि पुर्याउदै आएको शुक्लाफाँटा युथ नेटवर्क का अध्यक्ष हरिश धामिले बताए !

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।