२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ०१ मा आइसोलेसन निर्माण

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका वडा नं ०१ मा आइसोलेसन निर्माण गरिएको छ ।

वडा नं ०१ मडिलेमाडौँ स्थित नेपाल आधारभुत बिद्यालयमा २० बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले सबै वडामा संस्थागत आइसोलेसन निर्माण गर्ने निर्णय गरेकाले सोहि निर्णय अनुसार वडा नं ०१ मा पनि आइसोलेसन निर्माण गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।

नयाँ थपिने संकमितहरुका लागि अहिले २० बेडको आइसोलेसन निर्माण गरिएको र अवस्था हेरेर बेड थप गरिने उहाँको भनाई छ ।

दशरथचन्द नगरपालिकामा कोरोनाका संक्रमित बढ्दै गएपछि वडा वडामा आइसोलेसन बनाउने निर्णय भएको थियो । दशरथचन्द नगरपालिका वडा नं ०१ मा अहिले १२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

दोस्रोलहरको कोरोना फैलिएयता वडा नं ०१ का १७ जनामा कोरोना संक्रमण देखिएकोमा ५ जनाले कोरोना जितिसकेका छन् भने अहिले १२ कोरोनाका सक्रिय संक्रमित रहेका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।